चितुवाको आक्रमणबाट एक महिला घाइते, अवस्था खतरामुक्त



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गुल्मी । गुल्मीमा बाख्रा सार्न खोरमा जादा चितुवाको आक्रमणवाट एक महिला घाइते भएकी छन् । धुर्कोट गाउँपालिका –४, जैसिथोक निवासी ३१ वर्षीय तारादेवी पोख्रेरेललाई बिहीबार बिहान ६ बजेतिर घरनजिकै रहेको गोठमा बाख्रा सार्नका लागि खोरको ढोका खोल्ने क्रममा खोरभित्र रहेको चितुवाले भाग्ने क्रममा अचानक पोख्रेललाई झम्टिएको हो ।

‘बुधबार साझ ४ वटा बाख्रा थुनेर खोर बन्द गरकी पोखे्रल राती चितुवाले ढोका खोलेपछि ३ वटा बाख्रा राति नै बाहिर निस्केको र एउटाको खुन खाएर मारिसकेको बताइएको छ ।

घाइते पोखलको जिल्ला अस्पताल तम्घासमा उपचारार्थ भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको डाक्टरहरुले बताएका छन् ।

गएको वर्ष पनि गुल्मीमा चितुवाले गोठमै आएर दुई दर्जनभन्दा बढी घरपालुवा जनावरहरुलाई आक्रमण गरी मारेको डिभिजन वन कार्यालय गुल्मीका प्रमुख कृष्णराजन् यौपानेले बताए।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •