अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना, थप विवरण आउन बाँकी


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । गोरखाको सामागाउँबाट शनिबार बिहान ५ जना नेपाली र एक जापानी नागरिकसहित ६ जना यात्रु बोकेर काठमाण्र्डौका लागि उडेको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा परेको छ ।

गोर्खाको सामा गाँउबाट विरामी लिएर काठमाण्डौतर्फ उडेको अल्टिच्युड एअरको हेलिकप्टर नुवाकोटको मेघाङ्ग गाँउपालीका–१ बर्सुन्चेत नजीकै मैलुमब्रा भन्ने डाँडामा दुर्घटनामा परेको खवर छ । धादिङ र नुवाकोटको सिमानामा पर्ने सो क्षेत्रमा दुबै जिल्लाबाट प्रहरी घटना स्थलमा जाँदै गरैको जनाईएको छ ।

स्थानीयले हेलिकोप्टर दुर्घटना भएको भनेर खबर गरेको प्रहरी स्रोतले बतायो । तर प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले हेलिकोप्टरमा कति जना सवार थिए र कस्तो अवस्थामा फेला परेको हो भन्ने विस्तृत विवरण नआएको बताए ।

तपाईको प्रतिक्रिया