बसको ठक्करबाट ३ बर्षिय बालिकाको मृत्यु, चालक प्रहरी नियन्त्रणमा



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पर्सा । पर्साको धोबनी गाउँपालिकामा शनिबार यात्रुबाहक बसले ठक्कर दिँदा एक तीन वर्षीया बालिकाको मृत्यु भएको छ ।

पर्साको ठोरीबाट वीरगञ्जतर्फ आउँदै गरेको ना ७ ख ७७१९ नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा गाउँपालिका–२ निवासी रामेश साहकी छोरी प्रिती साहको मृत्यु भएको हो ।

घर अगाडिको सडक पार गर्ने क्रममा बसले प्रितीलाई ठक्कर दिएको र उनको घटनास्थलमै मृत्यु भएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।

उनले बालिकालाई ठेक्कर दिने बस र त्यसका चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताए ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •