घुम्न गएको बेला डुंगा पल्टिदा एक जनाको मृत्यु, ५ जना बेपत्ता



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पोखरा । शनिबार बिहान पोखराको बेगनासतालमा डुंगा पल्टिदा एक जनाको मृत्यु भएको छ । डुंगामा सवार ९ जनामध्ये ५ जना बेपत्ता भएका छन् । कास्की प्रहरी प्रमुख तथा प्रवक्ता रवीन्द्र गुरुङका अनुसार उद्धार गरिएका ४ जना मध्ये एक जनाको मृत्यु भएको छ ।

बेगनासका स्थानीय गणेश कंडेलको घरमा दर आएका आफन्तहरु डुंगामा ताल घुम्न गएको बेला दुर्घटना भएको हो । डुंगामा ताल घुम्ने क्रममा एक जना बच्चा तालमा खसेको र उनलाई बचाउन खोज्दा डुंगा नै पल्टिएको प्रत्यक्षदर्शीको भनाइ छ ।

बेपत्ता भएकाहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •