अटोरिक्साको ठक्करबाट ६५ वर्षीया मान्सादेवीको मृत्यु !



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

राजविराज । भारदह–कुनौली सडक खण्डअन्र्तगत सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिका–१४ स्थित डलुवामा अटोरिक्साको ठक्करबाट आज एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ बस्ने ६५ वर्षीया मान्सादेवी सदा रहेको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनलाई उपचारको लागि विराटनगरस्थित न्यूरो अस्पताल लैजाने क्रममा बीचबाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

सडकमा गुडिरहेको अटोरिक्सा नं स १ ह २३०३ ले बाटोमा हिंडिरहेकी सदालाई ठक्कर दिएको थियो । अटोरिक्साका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •