सल्यानको अत्तरकाडा नजिकै जीप दुर्घटना, एक जनाको मृत्यु


Share This

नेपालबहस संवाददाता    

सल्यान । सल्यानमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । सोमबार बिहान दुर्घटना हुँदा बागचौर नगरपालिका—१० निबासी ५५ वर्षीया हुकुमी विकको ज्यान गएको प्रहरीले जनाएको छ ।

लु १ च ५६६४ नम्बरको जीप शारदा नगरपालिक वडा नम्बर १३ स्यानीखाल अत्तरकाडा नजिक जीप अनियन्त्रीत भएर दुर्घटना भएको हो । दुर्घटना परेर विकको घटनास्थलमै ज्यान गएको हो ।

सोही दुर्घटनामा परी हुकुमकीका श्रीमान ६५ बर्षीया बलबहादुर बिक र जीप चालक बागचौरकै कमल बिक पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डीएसपी विरेन्द्रबहादुर शाहीले जानकारी दिए ।

घाइते बलबहादुर र कमलको श्रीनगरमा रहेको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । साथै घटना कसरी भएको हो भन्ने बारे अनुसन्धान भइरहेको डीएसपी शाहीले बताए ।

तपाईको प्रतिक्रिया