छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ को मृत्यु, २ जना घाइते



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं, धादिङ र सिराहामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

उनीहरु मध्ये काठमाडौं महानगरपालिका-९ सिनामंगल भत्केको पुलस्थित बा.५८ प ४२९६ नम्बरको मोटरसाइकल सोमबार अनियन्त्रित भई दुर्घटना हुँदा हाल नाम, थर ,वतन खुल्न नसकेका अंदाजी ३२ बर्षीय चालक घाइते भएकोले उपचारको उपचारको क्रममा काठमाडौं मेडिकल कलेज अस्पताल सिनामंगलमा मृत्यु भएको हो ।

यसैगरी सिरहा बरियापट्टी गाउँपालिका-२ श्रीपुरस्थित भित्री सडकमा आइतबार स.१ त.२८३३ नम्बरको ट्याक्टरको पछाडी जोडीएको धान झार्ने मेशिन सहित पल्टन गई दुर्घटना हुँदा ट्याक्टरमा लेबर काम गर्ने सोही ठाउँ बस्ने १७ वर्षीय छेदी यादव घाइते भएकोले उपचारको लागि लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यस्तै धादिङ बेनिघाट रोराङ गाउँपालिका-५ शितल बजारस्थित सडकमा ना.२६ प १४५८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिपरित दिशाबाट आँउदै गरेको बा.३ ख १४७ नम्बरको बससँग ठोकिएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार चालक धादिङ सिदलेक गाउँपालिका-३ बस्ने २४ वर्षीय सुनिल पाठक, २१ वर्षीय लक्ष्मी पाठक र ४ बर्षीया निकिता भट्ट गम्भीर घाइते भएकोले उपचारको लागि अन्नपूर्ण न्यूरो अस्पताल थापाथली पठाइएकोमा उपचारको क्रममा लक्ष्मी पाठकको मृत्यु भएको हो ।

बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •