एकै डोरीमा २ छोरासहित आमाले लगाइनु पासो, डोरी चुडिदा निशान भने बाँच्न सफल



नेपालबहस संवाददाता
 




Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा दैनिक मजुदुरी गर्दै दुई सन्तानको लालन पालन गर्दै आएकी आमाले छोरासहित झुण्डिएर आत्माहत्या गरेकी छिन् ।

एउटै डारीमा पाँसो लागेको अवस्थामा आमा कविता यादव र छोरा अमनको शव भेटिएको हो । पाँसो लागेको डोरी चुडिएर १० वर्षीय निशान भने बाँच्न सफल भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरिक्षक मनोज केशीका अनुसार बुढीगंगा गाउँपालिकामाअमाहीकी २९ वर्षीया कविताले सोमवार विहान घरको बलेसीमा दुई सन्तानसहित आत्माहत्याको प्रयास गरेकी थिइन् ।

कविता र ५ वर्षीय अमनको मृत्यु भएको छ । डोरी चुटिएर बाँच्न सफल भएको निशानको विराट नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कविताका पति अमरलालको दुई वर्षअघि निधन भएको थियो ।


Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •