सुर्खेतमा चट्याङ लागेर श्रीमानको मृत्यु, श्रीमति घाइते


Share This

नेपालबहस संवाददाता    

सुर्खेत । सुर्खेतमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गुर्भाकोट नगरपालिका १४ जुगेपानीका ५० वर्षीया प्रेमबहादुर बि.क को ज्यान गएको हो ।

गएराति १ बजे घरमा चट्याङ परेको थियो । चट्याङ लागेर मृतक प्रेमबहादुरकी श्रीमती खगिसरा घाइते भएकी छिन् । चट्याङ लागेर गोठमा रहेको २ ओटा गाई, एउटा गोरु र एउटा कुकुरकोसमेत ज्यान गएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया