मोटरसाइकल दुर्घटनामा बालकको मृत्यु


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । सुर्खेत पश्चिम पञ्चपुरी नगरपालिका–५ का एक वर्षीय बालक अविशेष ढुङ्गानाको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ ।

बिहीबार पञ्चपुरी नगरपालिका–५ स्थित हाइस्कूलको चतुरेचोकबाट बाबियाचौरतर्फ आउँदै गर्दा बा ४८ प ७६२२ नं को मोटरसाइकलले मृतक बालक सहित उनका बाजे ५० वर्षीय उदय ढुङ्गाना र बज्यै ४८ वर्षीया विष्णा ढुङ्गानालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामसिंह चौधरीले जानकारी दिए ।

उनका अनुसार बिहीबार नै घाइते अविशेषको उपचारको क्रममा मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा मृत्यु भएको हो । बालकको शव परीक्षणका लागि शवगृहमा राखिएको छ ।

रोशनी अटो मोबाइल्समा काम गर्ने मोटरसाइकल चालक अर्जुन साहले ठक्कर दिँदा ढुङ्गाना घाइते भएका ढुङगानादम्पतिको अवस्था गम्भीर रहेको र घाइते चालक साहको पनि उपचार भइरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार