विभिन्न दुर्घटनामा ३ को मृत्यु, १ जना बेपत्ता


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । नुवाकोट, कास्की, बर्दिया र मकवानपुरमा भएका विभिन्न घटनामा परी ३ जनाको मृत्यु भएको छ । भने एब जना बेपत्ता भएका छन् ।

नुवाकोटको बिदुर नगरपालिका–११ बस्ने ६५ वर्षीय कृष्णबहादुर तामाङको करेन्ट लागेर बिहीबार मृत्यु भएको छ । आफ्नै घरमा मुसाले काटेको बिद्युतको तार छुँदा करेन्ट लागेर तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

यस्तै कास्कीको पोखरा लेखनाथ महानगरपालिका–१७ ड्याम साईडको नहरमा सोही ठाउँ बस्ने लम्जुङ घर भएकी ४५ वर्षीया राममायाँ गुरुङ बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।

यसैगरी बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका–३ सुखाड बस्ने टोपबहादुर आलेको १४ वर्षीया छोरा हेमन्त आलेको स्थानीय ओराही खोलामा पौडी खेल्ने क्रममा बिहीबार डुबेर मृत्यु भएको छ ।

उता मकवानपुरको बागमती गाउँपालिका–५ टाकेस्थित छोरीको घरमा गई फर्कने क्रममा सिन्धुली हरिहरपुर गाउँपालिका–१ चिसापानी घर भएका ६० वर्षीय लालबहादुर थिङ बिहीबर बागमती खोला तर्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका छन् ।

बेपत्ता लालबहादुरको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State