लम्कीमा बस दुर्घटना हुँदा दुईको मृत्यु, चार जना घाइते


Share This

नेपालबहस संवाददाता    

कैलाली । कैलालीको लम्कीमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा स्थानिय अनिल वादि र अर्का एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

चिसापानीदेखि महेन्द्रनगरतर्फ जाँदै गरेको से. १ ख. ११८८ नम्बरको यात्रुबाहक बस लम्की चुहा नगरपालिका–१ स्थित बल्चौर नजिकै दुर्घटना भएको हो ।

प्रहरीका अनुसार २ जनाको घटनास्थलमा नै मृत्यु भएको र चार जना घाइते भएका छन् । मृतकलाई पोस्टमार्टमका लागि टीकापुर अस्पताल लगिएको र घाईतेहरुको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार