सर्लाहीमा बस पल्टिदा २ को मृत्यु, २३ जना घाइते


Share This

नेपालबहस संवाददाता    

सर्लाही । शनिबार दिउँसो सर्लाहीमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने, २३ जना घाइते भएका छन् । हरिपूर्वा नगरपालिको त्रिभुवन नगरबाट इश्वरपुरका लागि छुटेको ना २ ख ८००३ को बस ब्रम्हपुरी भन्ने ठाउँमा अनियन्त्रित भई पल्टिदा इश्वरपुर ९ का २६ वर्षीय नथुनी राय र १९ वर्षीय अन्जु शाहको घटनास्थलमै ज्यान गएको हो ।

दुर्घटनामा घाइते भएकाहरुलाई उपचारको लागि जिल्ला अस्पताल मलंगवा पठाइएको छ ।

तपाईको प्रतिक्रिया