सौरभ उप्रेती मृत्यु प्रकरण : न्याय माग्दै माइती घर मण्डलामा प्रदर्शन हुदै


Share This

नेपालबहस संवाददाता    

मोरङ । मोरङको नोबेल मेडिकल कलेजमा एमबिबिएस तहको अन्तिम बर्षको तयारी गरिरहेका विद्यार्थी सौरभ उप्रेतीको रहस्यम मृत्यु प्रकरणको प्रहरीले प्रभावकारी अनुसन्धान नगरेको आफन्तले गुनासो गरेका छन् ।

घटना भएको डेढ महिना बित्दा समेत प्रहरीले छानविनमा वास्ता नगरेको भन्दै आइतबार दिउँसो ३ बजे माइती घर मण्डलामा प्रदर्शन हुदै छ । एमबिबिएस अन्तिमबर्षको परीक्षाको तयारीमा रहेका उप्रेतीको साउन १६ गते सुतेकै कोठामा शव फेला पारेपछि साथीहरुले प्रहरीलाई खबर गरेको थिए ।

मृत्यु शंकास्पद भएपनि प्रहरीले अनुसन्धानमा चासो नदिएको सौरभका आफन्तले गुनासो गरेका छन् । उनको घाटिमा तारको डाम देखिएको छ । तर अनुसन्धानमा प्रहरिले रुची नदेखाएको र घटना गोल मटोल गर्न खोजिएको परिवारको दावी छ ।

अहिले केहीबेरमा प्रदर्शन हुँदै छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार