fbpx

उदयपुरमा माटोले पुरिएर एक जनाको मृत्यु


Share This

नेपालबहस संवाददाता    

उदयपुर । रौतामाई गाउँपालिका-६ चिसापानीमा घर लिप्ने माटो लिन जाँदा एक जनाको मृत्यु भएको छ । दशैका लागी घर लिप्ने माटो लिन गएकी रौतामाई गाउँपालिकाकी ५९ वर्षीय मधुमाया रायमाझीको माटोले पुरिएर आज मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै उदयपुर र संखुवासभामा आज २ जना मृत अवस्थामा फेला परेका छन् । उदयपुर नगरपालिका-९ बस्ने ४५ वर्षीय मोहम्मद वकिल त्रियुगा नगरपालिका-३ स्थित गैरुन खोलाको छेउमा मृत अबस्थामा फेला परेका छन् ।

संखुवासभा खाँदबारी नगरपालिका-१ स्थित उद्योगमा काम गर्ने ४० वर्षीय कुमार पुरकोटी सार्की अत्याधिक मादक पदार्थ सेवन गरी सोही कारखानाको एक साईडमा सुतेकोमा मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया