fbpx

पहिरो र दुर्घटनामा परी ४ जनाको मृत्यु


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । विभिन्न जिल्लामा भएका अलग अलग घटनामा परी ४ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ललितपुर महानगरपालिका २४ धापाखेलस्थित गगंटे खोलामा महालक्ष्मी नगरपालिका-९ ढुङगेनी बस्ने ७४ बर्षीय रत्नबहादुर हमाल मृत अवस्थामा फेला परेका छन् ।

यस्तै गोरखाको चुमनुब्री गाँउपालिका-३ सल्लेरीस्थित बाटोमा हिंडने क्रममा पहिरोमा परेर १७ बर्षीया सलिना गुरुङ गम्भीर घाइते भएकीले उपचारको लागि हेलिकप्टरद्वारा नेपाल मेडिसिटी अस्पताल नख्खु ललितपुर ल्याउने क्रममा बाटोमै मृत्यु भएको छ ।

यस्तै नवलपरासीको बर्दाघाट सुस्ता पूर्व मध्यविन्दु नगरपालिपा-१४ रिगैराभञ्ज्याङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

लु.३ त ९९३२ नम्बरको ट्याक्टरमा सवार २६ बर्षीय केशब सिंह दर्लामी गम्भीर घाइते भएकाले पुरानो मेडिकल कलेज भरतपुर चिवतनमा उपचारको क्रममा आइतबार मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता काठमाडौंमा महानगरपालिका-७ गौरीघाट स्थित सडक पेटीमा हाल नाम,थर,वतन नखुलेका ४६ बर्षीय पुरुष बेहोस अवस्थामा फेला पारेकाले हेल्पिङहेण्ड अस्पताल चावहिल लगेकोमा उपचारको क्रममा उनको पनि मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया