fbpx

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । पुतलीसडकमा मंगलबार बिहान मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। अन्दाजी ५५ वर्षीय पुरुषको मृत्यु भएको हो। मृत्तकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

आज बिहान ५ बजे ध १ प ४३४८ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा बिहान ६ बजे मृत्यु भएको हो।

दुर्घटनामा संलग्न चालकलाई महानगरिय प्रहरी वृत्त सिंहदरबारले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार