काठमाडौं । कपिलवस्तु जिल्ला शिवराज नगरपालिका वडा नम्बर १ वडा कार्यालय अगाडि बेलौती चोकमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
चनौटाबाट भालुबाङ तिर जादैगरेको लु ६ प ४९६ नम्बरको मोटरसाइकल र बिपरित दिसाबाट आउदै गरेको रा १ ख ७३२ नम्बरको टिप्पर एक आपसमा ठोकिदा दुर्घटना भएको चनौटा प्रहरीले जनाएको छ ।
टिप्पर ठक्करबाट मोटरसाइकलमा सवार अन्दाजी २५ बर्सिय युवाको घटना स्थलमै मृत्यु भएको छ, भने मोटरसाइकलमै सवार अर्काको अबस्था गम्भीर रहेको छ उपचारको लागि बुटवल रिफर गरिएको छ ।
ठक्कर दिने टिप्परलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको र चालक प्रहार रहेको बताएको छ ।