fbpx

ट्रयाक्टरबाट खसेर महिलाको मृत्यु


Share This

नेपालबहस संवाददाता    

रकुम । रुकुम पूर्वमा ट्र्याक्टरबाट खसेर बिहीबार एक महिलाको मृत्यु भएको छ । रुकुम पश्चिमबाट रुकुम पूर्व भुमे गाउँपालिकातर्फ जाँदै गरेको म१त ७९७ नं को ट्र्याक्टरमा सवार सोही गाउँपालिका– २ सीमचौरका २४ वर्षीया सुनकुमारी घर्तीको मृत्यु भएको हो ।

गम्भीर घाइते उनको उपचारका क्रममा जिल्ला अस्पताल रुकुम पूर्वमा मृत्यु भएको प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए। ट्र्याक्टर चालक जाजरकोटका शीतल शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया