fbpx

ट्रकको ठक्करबाट दसैंमा घर जाँदै गरेका श्रीमानको मृत्यु, श्रीमती घाइते


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । काठमाडौंको नैकाप ओरालोमा शनिबार साँझ मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा श्रीमानको मृत्यु भएको छ भने श्रीमतीको अवस्था गम्भीर रहेको छ । उनीहरु दशैँ मनाउन घर जाँदै थिए ।

प्रहरीका अनुसार, बा७९प नम्बरको मोटरसाइकललाई ना६प ३०४१ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा स्याङ्जा पिँढीखोलाका पुन थापाको मृत्यु भएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीका अनुसार, ट्रमा सेन्टरमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते बनेकी पुनकी श्रीमती दिव्या थापाको वीर अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार