fbpx

बिराटनगरमा बिस्फोट ! एक जनाको मृत्यु, एक घाइते


Share This

नेपालबहस संवाददाता    

विराटनगर । विराटनगर महानगरपालिकामा आगो ताप्ने क्रममा मोबाइलको ब्याट्री पड्केर १ जनाको मृत्यु भएको छ । शुक्रबार करिव १ बजे दिउँसो तिर आगो ताप्ने क्रममा महानगरपालीकाको रानी टोलमा मोबाइलको ब्याट्री पड्केर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ ।

आज दिउँसो स्थानीय अमित मण्डलको ब्याट्री पड्किदा मृत्यु भएको हो । विस्फोटमा परी स्थानीय राजेश मण्डलकी आठ वर्षीया छोरी राधिकाकुमारी घाइते भएको एसपि मनोज कुमार केसीले जानकारी दिए ।

अमितको गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घाइते बालिकाको विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । विस्फोटको विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार