सिन्धुली दुर्घटना अपडेट : मृतक सबैको सनाखत



नेपालबहस संवाददाता
 



accident-symbol

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सिन्धुली। सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर २ चण्डीभञ्याङमा बोलेरो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बोलेरोमा सवार ९ जना घाइते भएका छन् । फिक्कल गाउँपालिका वडा नम्बर १ महादेवडाडाबाट सिन्धुलीमाढी आउँदै गरेको बा १५ च ९४२२ नम्बरको बोलेरो दुर्घटना हुदाँ ५ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
मृत्यु हुनेमा फिक्कल गाँउपालिका वडा नं. २ का अन्दाजी ५५ वर्षीया तिलमाया विक, ६५ वर्षीय कुनमान तामाङ, ४० वर्षीया लक्ष्मी विक, २५ वर्षीया अनिता महत र वडा नं. ३ का ३५ वर्षीया शान्तिमाया श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिसपी लोकदर्शन थापाले बताए ।घाइते ९ जना मध्ये गम्भिर घाइते रहेका २ जनालाई सिन्धुलीको गोलञ्जोर गाउँपालिका ७ खुर्कोटमा रहेको अस्पतालमा उपचार पछि थप उपचारको लागि धुलिखेल रिफर गरिएको डिसपी थापाले बताए।
रिफर हुनेमा अन्जादजी ३८ वर्षिय फिक्कलकै दिपक श्रेष्ठ र ६६ वर्षिय गंगामाया विक रहेका छन् ।सामान्य घाइतेहरु फिक्कल २ का ३४ वर्षिय दिपक कुमार सुनुवार, सोही वडाका २६ वर्षिय चालक मानव बहादुर सुनुवार, तिनपाटन गाउँपालिकका २६ वर्षिय गणेश घिसिङ, फिक्लकै ३५ वर्षिय जनप्रकाश न्यौपाने, ६५ वर्षिय बद्रिमाया विक, ४५ वर्षका राजेश सुनुवार र ६० वर्षका नन्दलाल विकको खुर्कोटमा रहेको अस्पतालमा उपचार भइरहेको प्रहरिले जनाएको छ ।दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार