fbpx

टिपर र मोटरसाइकल ठोकिँदा बाबुको मृत्यु, छोरो गम्भिर घाइते


Share This

नेपालबहस संवाददाता    

 

उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका ७ कमानमा आज विहान सवारी दुर्घटनामा परि बाबुको घटनास्थलमै मृत्यु भएको छ भने छोरा गम्भिर घाइते भएका छन् । नेपालटारदेखि गाईघाटतर्फ आउदै गरेको ना १ क ८३४७ नम्बरको टिपर र सोही दिसाबाट आउदै गरेको बा ९४ प ९४३२ नम्बरको मोटरसाइकल ठोक्किदा दुर्घटना भएको हो ।

मोटरसाईकलमा सवार बाबु बलबहादुर मगरको घटनास्थलमै मृत्यु भएको हो भने मोटरसाईकल चालक छोरो अन्दाजी २५ वर्षिय सुदन मगर गम्भिर घाइते भएका हुन् । सडकको घुम्तिमा मोटरसाइकल र टिपरबीच ओभरटेक गर्ने क्रममा दुर्घटना हुन पुगेको स्थानीयको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार