छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । सिराहा, रुपन्देही र दाङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । सिराहाको मिर्चैया नगरपालिका-६ बतहापुलस्थित सडकमा डब्लुबि २९ बि ६१७४ नम्बरको बसको ठक्करबाट साईकलयात्री सुखिपुर नगरपालिका-७ बल्ही बस्ने ३६ वर्षीय रामलखन साहको सोमबार राति मृत्यु भएको छ ।

उक्त बसको ठक्करबाट गम्भीर घाइते भएका उनको रेखा नर्सिङ होम मिर्चैयामा उपचारको क्रममा मृत्यु भएको हो । साथै बसको ठक्करबाट घाइते भएका अर्का साईकलयात्री मिर्चैया नगरपालिका-५ बस्ने ५८ वर्षीय भद्रकाली महासेठको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै, रुपन्देहीको बुटवल उपमहानगरपालिका-१० स्थित सडकमा लु।२ ख २२३२ नम्बरको टिपर र लु।२२ प ४९७९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक देवदह नगरपालिका-४ बस्ने ५० वर्षीय डोलराज अर्यालको लुम्बिनी प्रादेशीक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ । दुबै सवारी साधन र टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी रुपन्देही, सैनामैना नगरपालिका-५ बुद्धनगरस्थित सडकमा लु.१ ख ७८२२ नम्बरको ट्रकले लु.४७ प ९४७ नम्बरको मोटरसाइकललाई सोमबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही स्थान बस्ने २० वर्षीय सुरेन्द्र चौधरीको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका सोही मोटरसाइकलमा सवार २२ वर्षीय श्यामु चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ । दुबै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उता दाङको घोराही उपमहानगरपालिका-१४ स्थित सडकमा रा.४ प ३८२२ नम्बरको स्कुटर आफै अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा चालक सोही स्थान बस्ने ३८ वर्षीय प्रकाश आचार्यको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले उद्दार एवम् आवश्यक अनुसन्धान गरिरहेको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार