पाथीभराको सुकेटारमा जिप दुर्घटना, ११ जना घाइते !



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा दर्शन गरेर र्फकदै गरेका यात्रु बोकेको मे१ज १४८६ नम्बरको जिप मंगलबार बेलुका फुङलिङ नगरपालिका-९ हाङदेवाको सुकेटार क्षेत्रमा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

घाइतेमध्ये ५ जनालाई थप उपचारकालागि झापा पठाएको छ । छ जनाको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए ।

घाइते सबै बारा जिल्लाको निजगढका भएको प्रहरीले जनाएको छ । ५४ वर्षका मोतीमाया अधिकारी, ४२ वर्षका एकनाथ सिग्देल, ८ वर्षका निशान आचार्य, ४२ वर्षका उद्धव सिग्देल र ३८ वर्षका लक्ष्मी सिग्देललाइ थप उपचारकालागि विराटनगरतर्फ लगिएको छ ।

ताप्लेजुङ अस्पतालमा भने बाटुली तिम्सिना, भद्रकुमारी कोइराला, सुशील अधिकारी, यामकुमारी अधिकारी, सावित्री धिताल र सरिता आचार्यले उपचार गराइरहेका छन । सबै घाइते खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

जिप सडकभन्दा केही तल खसे पनि दुर्घटनाको कारण खुलेको छैन । दुर्घटना राति १० बजेतिर भएको थियो । दुर्घटना भएको जिपको पछि सशस्त्र प्रहरीको टोली भएकाले घाइतेहरुको तत्काल उद्धार गरिएको थियो ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार