नदीमा पौडी खेल्ने क्रममा हराएका दुई युवाको शव फेला



नेपालबहस संवाददाता
 




  • 12
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    12
    Shares

बर्दिया । कर्णाली नदीमा पौडी खेल्ने क्रममा हराएका दुई युवाको शव भेटिएको छ। नयाँ वर्षको दिन कर्णाली नदीको गेरुवा भंगालोमा पर्ने कोठियाघाटमा पौडी खेल्ने क्रममा बाँके कोहलपुरका १८ वर्षिय दिपेन्द्र कार्की र कैलाली लम्कीका १९ वर्षिय प्रज्वल कोईराला वेपत्ता भएका थिए।

६ जना साथीभाइ मिलेर देशको लामो पुल कोठियाघाट घुम्न गएका बेला पाँच जना पौडी खेल्न नदीमा पसेका मध्य दुई जना बेपत्ता भएका थिए । सशस्त्र प्रहरीका गोताखोरको टोलीले दुई दिन देखि बेपत्ताको खोजी कार्य गरिरहेको थियो ।

गोताखोर टोलीले दुई युवाको शव नदीवाट निकालेको प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले जानकारी दिए ।उनका अनुसार दुई दिन देखि खोजी कार्यका लागी प्रहरीको गोताखोर परिचालित गरिएको थियो ।

यसैविच ३० गते देखि कर्णाली नदीमा बेपत्ता भएका राजापुरका ५५ वर्षिय ठग्गु चौधरीको पनि गोताखोर टोलीले शब निकालेको उनले जानकारी दिए ।

यो पनि पढ्नुस

कर्णालीमा पौडी खेल्ने क्रममा दुई जना बेपत्ता !


  • 12
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    12
    Shares

सम्बन्धित समाचार