fbpx

पारिवारिक झगडा, खुकुरी प्रहार गरी श्रीमतीको हत्या


Share This

नेपालबहस संवाददाता    

काठमाडौ, २५ बैशाख । काठमाडौंको क्षेत्रपाटीमा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। बर्दिया घर भइ क्षेत्रपाटीको काम्सीपाखामा बस्दै आएका ३० वर्षीय द्रोण कटुवालले गए राति २७ वर्षीया श्रीमती रेश्माको हत्या गरेको प्रहरीले जनाएको छ।

पारिवारिक झगडाका कारण कटुवालले श्रीमतीको टाउकोमा खुकुरी प्रहार गरेको बताइएको छ। रेश्माका दुई सन्तान छन् । घटना भए लगतै श्रीमान् फरार रहेको हुदा कटुवालको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया