माडीचौरमा आगलागि हुदा दश लाख बराबरको धनमाल नष्ट


Share This

नेपालबहस संवाददाता    

रोल्पा, २५ बैशाख । रोल्पाको माडीचौरमा आगलागि हुदा दश लाख बराबरको धनमाल नष्ट भएको छ । गर्मियाम सुरु भएसंगै रोल्पाको माडीचौर नगरपालिका ७ माडीचौर बस्ने २४ वर्षीया बर्मता पुनको कच्ची घरमा मंगलबार आगलागी हुँदा अन्नपात, लत्ताकपडा, काठपात लगायतका सामान जल्दा करीव १० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

आगलागि भएको सुचना पाउन साथ प्रहरी चौकी माडिचौरको टोली र स्थानीयबासी समेतको सहयोगमा आगो नियन्त्रण गरिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State