सम्पर्कबिहीन मकालु एयर हुम्लाको बाम खर्कमा, एक जनाको शव फेला


Share This


नेपालबहस संवाददाता    

अफडेट :सुर्खेत।

सुर्खेत बाट बुधबार बिहानदेखि सम्पर्कबिहीन भएको मकालु एयरलाइन्सको कार्गो जहाज हिमाली जिल्ला हुम्लाको खार्पुनाथ गाउँपालिका २ र ३ को सीमाना पर्ने बाम खर्कमा फेला परेको छ ।

उद्दारमा गएको माउन्टेन हेलिकप्टरले दुर्घटनास्थल पत्ता लगाएको हो । दुर्घटनास्थलमा सेना र प्रहरी पुगिसकेका छन । घटनास्थलमा पुगेका प्रहरीले एक जनाको शव फेला परेको बताए । जहाजमा रहेका चालकदलका सदस्यमध्ये शव कसको हो भन्ने बारे पहिचान नभएको बताए ।

९एन एजेयु कल साइन भएको उक्त जहाजमा चालकदलका २ सदस्य मात्रै थिए। जहाज क्याप्टेन किरण भट्टराई र  पाइलट आदित्य नेपालीले उडाएका थिए।

यस्तै बाजुराका प्रमुख जिल्ला अधिकारी चेतराज बरालले पनि हुम्लाकोअदानचुली-५ हिला चौर आसपासमा दुर्घटना भएको हुनसक्ने जानकारी आएको बताएका छन् । यो कार्गो जहाजले चार्टर्ड गरेर मध्य र सुदुरपश्चिमका हिमाली जिल्लामा यात्रु ओसार्ने काम पनि गर्ने गर्थ्यो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार