मकालु एयरको जहाज दुर्घटनाः दुवै क्याप्टेनको मृत्यु


Share This


नेपालबहस संवाददाता    

काठमाडौँ — बुधबार बिहानदेखि सम्पर्कबिहीन भएको मकालु एयरलाइन्सको कार्गो जहाज दुर्घटना भएको छ । हिमाली जिल्ला हुम्लाको खार्पुनाथ गाउँपालिका २ र ३ को सीमाना पर्ने बाहुन खर्कमा उक्त विमान दुर्घटनामा फेला परेको छ ।

उद्दारमा गएको माउन्टेन हेलिकप्टरले दुर्घटनास्थल पत्ता लगाएको हुम्ला प्रहरीले जानकारी दिएको छ । मकालु एयरको जहाज दुर्घटना हुदा दुवै पाइलटको मृत्यु भएको छ ।

घटनास्थलमा पुगेका प्रहरी अनुसार पहिला क्याप्टेनको शव फेला परेको र को पाइलटको भने घटनास्थल देखि केही पर शव फेला परेको थियो।९एन एजेयु कल साइन भएको उक्त जहाजमा चालकदलका २ सदस्य मात्रै थिए। जहाज क्याप्टेन किरण भट्टराई र को पाइलट आदित्य नेपालीले उडाएका थिए।

यो कार्गो जहाजले चार्टर्ड गरेर मध्य र सुदुरपश्चिमका हिमाली जिल्लामा यात्रु ओसार्ने काम पनि गर्ने गर्थ्यो।

यस सम्बन्धिका थप समाचारहरु

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार