किसानहरुको केराखेती फडानी गर्ने पाँच जना जेल चलान


Share This

नेपालबहस संवाददाता    

चितवन । पूर्वी चितवनको कालिका नगरपालिका – ६ मा किसानहरुको केराखेती फडानी गर्ने पाँच जना जेल चलान भएका छन् ।गत वैशाख १७ गते राति १२ जना व्यवसायिक केरा किसानहरुको करिब तीनहजार एक सय केराका घरी काटेको अभियोगमा पक्राउ परेका पाँच जना जेल चलान भएका हुन् ।

जेल चलान हुनेमा कालिका नगरपालिका वडा नम्बर ६ का अर्जुन गहतराज, कालिका १ का मनिषबहादुर गुरुङ्ग, कालिका ३ का सुजन लोप्चन, कालिका ३ कै गोपाल परियार र कालिका ५ का उमेश माझी रहेका छन् ।उनीहरुलाई केही सार्वजनिक कसुर तथा सजाय ऐन अन्तर्गतको मुद्धा दर्ता गरिएको छ ।

उनीहरुसँग जनही २ लाख २५ हजार धरौटी माग गरिएको रकम उपलब्ध गराउन नसकेपछि जेल चलान गरिएको इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी निरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए ।केरा फडानी हुँदा करिब १५ लाख ४७ हजार रुपैयाँ बराबरको क्षति भएको किसानहरुले दावी गरेका थिए ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार