रोकी राखेको एक्साभेटरमा अज्ञात समूहद्धारा आगजानी


Share This

नेपालबहस संवाददाता    

तनहुँ । आबुखैरेनी गाउँपालिका २ नारिघाट स्थित सडक नजिक रोकेर राखिएको एक्साभेटरमा अज्ञात समूहले आगजानी गरेको छ। ग १ क ३१८८ नम्वरको एक्साभेटरमा शुक्रवार विहान एक वजेको समयमा आगजनी भएको इलाका प्रहरी कार्यालय आबुखैरेनीका इन्चार्ज प्रहरी निरीक्षक सन्तोष रोकाले बताए ।

‘एक्साभेटर के कारणले जल्यो भन्ने बारेमा अनुसन्धान भईरहेको र आगजनी कसले गर्‍यौ भन्ने विषयमा अहिले सम्म नखुलेको प्रहरीको भनाई छ। आगजनीबाट एक्साभेटरको चालक बस्ने भाग र तेल राख्ने भाग जलेर नष्ट भएको प्रहरीको भनाई छ । आबुखैरेनी स्थित एस जि रोडाढुङगा कम्पनीको एक्साभेटर जलाइएको कम्पनीका सञ्चालक शेर वहादुर गुरुङले बताए।

तपाईको प्रतिक्रिया
Road Show Real State