दुई किलो नक्कली सुनसहित दुर्इ जना पक्राउ


Share This


नेपालबहस संवाददाता    71 Views

झापा । काँकडभिट्टा नाकाबाट दुई किलो नक्कली सुनसहित दुर्इजनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । काकडभिट्टाको कन्चनजंघा होटलमा बसेका गोरखाको आरुघाट-९ का ४३ वर्षीय दुर्गाप्रसाद खत्री र दोलखाको भीमेश्वर नगरपालिकाका ३० वर्षीय भीमसेन नेपालबाट सुन जस्तो देखिने दुई बिस्कुट पहेँलो धातु बरामद भएको इलाका प्रहरी कार्यालयका डिएसपी टंकप्रसाद भट्टराईले बताए ।

बरामद धातुको अनुसन्धान गर्दा टिल धातु रहेको भट्टराईले बताए । पक्राउ परेका दुवैजनालाई प्रहरीले अनुसन्धानका लागि हिरासतमा लिएको छ । पक्राउ परेका दुवैजना नक्कली सुन देखाउँदै सर्वसाधारणलाई ठग्ने काममा लागेको हुनसक्ने प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया