हुण्डीको कारोवार गर्ने ३ जना नगद रकम सहित पक्राउ


Share This

नेपालबहस संवाददाता    

काठमाडौँ । हुण्डीको कारोबार गरेको अभियोगमा नगद ७ लाख सहित २ जनालार्ई प्रहरीले पक्राउ गरेको छ । प्रक्राउ पर्नेमा रौतहट गौर खतुवा घर भई ललितपुर सानेपा बस्ने २४ बर्षीय दिपेश कुमार यादव र २४ बर्षीय राजन कुमार गुप्तालाई रहेका छन् ।

काठमाडौँ महानगरपालिका–१४ कुलेश्वरमा अवैध हुण्डीको कारोवार भइरहेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुलाई सोधपुछ गर्दा १० लाख रुपैयाँ भारत घर भई कालीमाटी बस्ने २४ बर्षीय रोहित पटेललाई दिएको बताएका छन् । पछि पटेलको डेरा कोठा समेत तलासी गर्दा उक्त रकमले किनेको १४ तोला सुनको ढिक्का र डेढ किलो चाँदी बरामद भएको छ ।

पटेललाई समेत पक्राउ गरी यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State