सुनको गहना तस्करीको आरोपमा एक जना पक्राउ


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर सुनको गहना तस्करी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषको गणेशमान चारनाथ–४ घर भइ हाल काठमाडौंको तिलगंगा बस्ने ३२ वर्षीय श्याम सुन्दर यादव छन् ।

वैदेशिक रोजगारीको सिलसिलामा विदेश गएका कामदारलाई प्रयोग गरेर सुन भित्र्याएको आरोपमा उनलाई महानगरीय प्रहरी वृत्त, गौशालाले पक्राउ गरेको हो । उनको साथबाट सुनका चुराहरु दुई वटा (१ सय ग्राम) र नगद ३२ हजार ५ सय रुपैयाँ फेला परेको छ ।

थप अनुसन्धान र कारबाहीका लागि उनलाई भिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरण पठाइएको काठमाडौं प्रहरी परिसरका डिएसपी मोहनकुमार थापाले बताए ।

तपाईको प्रतिक्रिया
Road Show Real State