अनलाइन जुवा अभियोगका ६ जना धरौटीमा रिहा


Share This


नेपालबहस संवाददाता    73 Views

काठमाडौँ । अनलाइन जुवा खेलाएको अभियोगमा प्रहरीले पक्राउ परेका छ जना धरौटीमा रिहा भएका छन् । पक्राउ परेकामध्ये जिल्ला अदालत काठमाडौँको आदेश पछि पूर्व राष्ट्रिय फुटबल खेलाडी अन्जन केसी दुई सय रुपैयाँ धरौटी बुझाएर छुटेको अदालतले बताएको छ ।

महानगरीय प्रहरी परिसरका डिएसपी मोहनकुमार श्रेष्ठका अनुसार सट्टेबाजीमा मुख्य भूमिका गौरव तिवारीको छ। उनीहरुले ७ करोड १४ लाखको बाजी खेलाएका हुन् । उनीहरुलाई काठमाडौं जिल्ला अदालतमा जुवा ऐन अन्तर्गत मुद्दा चलाइएको थियो। तिवारी १२ डी हलका सञ्चालकसमेत हुन्। उनले लण्डनको एउटा साइटमा २४ वटा अकाउन्ट खोलेर त्यसैमार्फत् सट्टेबाजी गराएका थिए।अन्जन केसी भने उनका ललितपुर एजेन्ट थिए।

समूहले २५ हजारदेखि १५ लाख रुपैयाँसम्मको बाजी खेलाउने गर्थे। यसका लागि उनीहरुले क्यासमै रकम कारोबार गर्थे। खेल हुनुअघि लगाइएको बाजी अनुसार खेलमा भएको हारजितको हिसाब गरेर हरेक सोमबार रकमको भागवण्डा गरी पुर्‍याउने काम दिनेश बोगटीले गर्थे। बोगटी तिवारीका कामदार हुन्।

तपाईको प्रतिक्रिया