हुन्डीको कारोबार : सात जना व्यापारी प्रहरी खोरमा


Share This

नेपालबहस संवाददाता    

काठमाडौँ । हुन्डीको कारोबार गर्ने सात जना व्यापारी प्रहरीको खोरमा परेका छन् । महानगरीय अपराध अनुसन्धान महाशाखावाट खटिएको टोलीले सोमबार साँझ न्युरोडका विभिन्न स्थानमा छापा मार्दा सात जना व्यापारी पक्राउ गरी खोरमा हुलेको छ ।

पक्राउ पर्नेहरुमा नेपाल ओभरसिजका सञ्चालक राहुल अग्रवाल, एलाइट बिजेनेशका राजकुमार श्रेष्ठ, सग्तानी ट्रेडर्सका शिवकुमार साङ्तानी, पूर्णलक्ष्मी इन्टरप्राइजेजका अरुण सावरथिया, जगदिश राना सरिया, राजकुमार सिघान्ची र रविन्द्र चोखानी रहेका छन्।

उनीहरूको साथबाट प्रहरीले ५१ लाख चार हजार ५ सय रुपैयाँ र ३ करोड ५६ लाख ७३ हज ५५७ रुपैयाँ बराबरको विभिन्न बैंकको चेक समेत बरामद गरेको छ।

उनीहरूले ह्वाट्सएप विच्याटमार्फत कारोबार गर्ने समेत गरेको अनुसन्धानमा खुलेको हो। प्रहरीले पक्राउ परेकाहरुलाई थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पठाएको छ।

तपाईको प्रतिक्रिया
Road Show Real State