नक्कली नोटमा अनुसन्धान सकियो निर्माता वाग्लेलाई १० वर्ष जेल


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । फिल्म निर्माता माधव वाग्लेले नक्कली नोटको कारोबार गरेको विषयमा प्रहरीले अनुसन्धान सकाएको छ। तीन साता लामो अनुसन्धानपछि प्रहरीले निर्माता वाग्लेलाई नक्कली नोटको कारोबारमा मुख्य अभियुक्त बनाएर सरकारी वकिलको कार्यालयमा मिसिल बुझाएको छ।

अनुसन्धान सकाएर फाइल सरकारी वकिल कार्यालयमा बुझाएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख डिएसपी योगेन्द्र सिंहले बताए। प्रहरीले जेठ २ गते २ करोड ६० लाख ६३ हजार नक्कली नेपाली रुपैयाँसहित ६ जनालाई पक्राउ गरी अनुसन्धान गरेको थियो।

निर्माता वाग्लेको कोठामा १ हजार दरका २ करोड ५२ लाख रुपैयाँ प्रहरीले फेला पारेको थियो। नेपाल राष्ट्र बैकले नोट नक्कली भएको पुष्टि गर्दै प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दिएको थियो।

वाग्लेले प्रहरीलाई दिएको बयानमा फिल्मको लागि नोट छपाएको बताएका छन्। डिएसपी सिंहले भने ुबयानमा वाग्लेले नोट छपाएको स्वीकार गरेका छन्। तर आफ्ना काम गर्ने केटाहरुले बाहिर लगेर कारोबार गरेको आफूलाई थाहा नभएको बताएका छन्।ु

२४ वर्षीय महेन्द्र बोगटीले काठमाडौँ महानगरपालिका २६ मित्रनगरमा रहेको सुमधुर क्याफे तथा खाजाघरमा दिएको नोट नक्कली रहेको पहिचान भएपछि नक्कली नोटको जालो खुलेको थियो। त्यस्तै प्रहरीले फर्पिङबाट पनि वाग्लेले नै छपाएको दुई थान नोटसहित एक युवकलाई पक्राउ गरेको थियो।

सरकारी वकिलको कार्यालयले प्रहरीको अनुसन्धान चित्त बुझे खोटा चलनमा अदालतमा मुद्दा दर्ता गर्ने छ। अदालतबाट वाग्ले दोषी प्रमाणित भए ऐन अनुसार बिगो बमोजिमको जरिवानासहित बढीमा १० वर्ष सजाय हुनसक्छ।

तपाईको प्रतिक्रिया
Road Show Real State