३२ लाख भारतीय रुपैयाँसहित दुई जना पक्राउ


Share This


नेपालबहस संवाददाता    201 Views

पर्सा ।  स्रोत नखुलेको ३२ लाख भारतीय रुपैयाँसहित वीरगंजबाट दुई जना पक्राउ परेका छन् । प्रहरीले ३१ लाख ८० हजार भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका ६ का राहुल केशरी र भारत मोतिहारीका रोहित कुमार रहेका छन्।

मंगलबार साँझ ६ बजेको समयमा वीरगंज १६ इनार्वाबाट ना २७ प ३८११ नम्बरको मोटरसाइकलमा रक्सौलबाट वीरगंज आइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो। वीरगंजको मनी चेन्जरमा बढी दरमा साट्न रक्सौलबाट ठूलो परिमाणमा भारतीय रुपैयाँ ल्याउने गरिन्छ ।

राष्ट्र बैंकले वीरगंजका मनी चेन्जरलाई भारु नदिएपछि करिब २ दर्जन मनी चेन्जर गोप्य रुपमा अवैध कारोबार गर्ने गरेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको पर्साका एसपी रेवती ढकालले बताए ।

तपाईको प्रतिक्रिया