सुन तस्करी ‘गोरे’का मुख्य सहयोगी तिवारी पक्राउ


Share This

नेपालबहस संवाददाता    

काठमाडौँ । सुन तस्करीका नाइके चुडामणि उप्रेती ‘गोरे’का मुख्य सहयोगी रामकुमार तिवारी पक्राउ परेका छन् । दक्षिण कोरियाबाट केही दिनअघि मात्रै नेपाल फर्किएका तिवारीलाई प्रहरीले पक्राउ गरेको हो । उनले गोरेको मुख्य सहयोगीका रुपमा काम गर्दै आएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

गृह मन्त्रालयबाट गठित छानबिन समितिका सदस्य भिष्म हुमागाईको नेतृत्वमा विमानस्थल पुगेको टोलीले तिवारीलाई नियन्त्रणमा लिएको हो ।

अपराध अनुसन्धान महाशाखाका डिएसपी प्रजित केसी र गोरेको टेलिफोन सम्बादमा तत्काल ५० लाख भुक्तानी दिने ब्यक्तिका रुपमा उनको नाम लिइएको थियो । काभ्रेका स्थायी निवासी ४३ वर्षीय तिवारीलाई पक्राउ गरी गोरेले भने बमोजिम रकम महाशाखाका प्रहरीलाई दिएरनदिएको बारे अध्ययन भइरहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State