पचास हजार घुस सहित सर्लाहीका शाखा अधिकृत पक्राउ


Share This


नेपालबहस संवाददाता    100 Views

रौटहट । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला प्रशासन कार्यालय सर्लाहीका शाखा अधिकृत सुरेश दासलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ।

दासले सेवाग्राहीबाट पचास हजार रुपैयाँ लिएको अख्तियार टोलीको भनाई छ । दासलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासबाट खटिएको टोलीले सर्लाही जिल्ला अदालत अगाडिको चोकबाट नियन्त्रणमा लिएको हो । शाखा अधिकृत दास चढेको बा ६ च ११८६ नम्बरको कारमा लुकाएर राखेको अवस्थामा पचास हजार रुपैयाँ फेला पारिएको अख्तियार टोलीको भनाई छ।

अख्तियारको क्षेत्रिय कार्यालय हेटौंडाका निमित्त प्रमुख सन्तमणि आचार्यले सर्लाही अपरेशन सफल भएको र थप अनुसन्धान भइरहेको बताए।

तपाईको प्रतिक्रिया