अवैध एकचालीस राहदानीसहित एक जना पक्राउ


Share This


नेपालबहस संवाददाता    59 Views

काठमाडौँ । महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले विदेश पठाउने नाममा अवैध रुपमा राहदानी संकलन गरेको भन्दै एकजनालाई पक्राउ गरेको छ ।

प्रभागको टोलीले कामनपा–२६ मित्रनगरमा रहेको होटल स्वर्गद्वारीबाट ४१ राहदानीसहित होटल सञ्चालक प्रेमबहादुर विकलाई बुधबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो । प्रभागका प्रमुख मोहनविक्रम केसीले म्यानपावर व्यवसायीसँग मिलेर लाखौँ कमाउने गरी विदेश जानका लागि होटलमा आएका व्यक्तिसँग राहदानी संकलन गरेको अनुसन्धानमा खुल्न आएको बताए ।

प्रभागले गोङ्गबु नयाँ बसपार्क क्षेत्रका अरु होटल तथा रेष्टुरेन्टमा पनि तत्काल अनुसन्धान गरिने बताएको छ । विकलाई थप अनुसन्धानका लागि राहदानीसहित वैदेशिक रोजगार विभाग पठाएको केसीले बताए ।

तपाईको प्रतिक्रिया