भरुवा बन्दुकको छर्रा लागेर एकको मृत्यु, अभियुक्त पक्राउ


Share This


नेपालबहस संवाददाता    75 Views

भोजपुर । भोजपुरको आमचोक गाउँपालिका ७ दिङलापुस्थित जंगलमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु भएको छ, भने एक जना शिकारी पक्राउ परेका छन् ।

जङगलमा शिकार खेल्लने क्रममा भरुवा बन्दुकको छर्रा लागेर ६० वर्षीय धनबहादुर राईको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही ठाउँ बस्ने ५३ वर्षीय हर्कबहादुर राई र उनी शिकार खेल्नका लागि लगिएको भरुवा बन्दुक हर्कबहादुरले हान्दा भरुवा बन्दुकको छर्रा लागेर धनबहादुरको मृत्यु प्रहरीले जनाएको छ ।

हर्कबहादुरलाई २ नाल भरुवा बन्दुक सहित प्रहरीले नियन्त्रणमा लिएर यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया