लागूऔषध सहित पक्राउ


Share This


नेपालबहस संवाददाता    93 Views

काठमाडौं ।  काठमाडौं महानगरपालिका २५ का ३१ बर्षीय सुनिल श्रेष्ठलाई लागूऔषध सहित प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले श्रेष्ठको साथबाट डाईजोपाम १ सय २६ एम्पुल, नुर्फिन १ सय २ एम्पुल र फेनारागन २ सय ९८ एम्पुल सहित पक्राउ गरेको छ । सोही ठाउँस्थित शंकास्पद रुपमा हिँडिरहेका श्रेष्ठले बोकेको झोलामा जाँच गर्दा उक्त लागूऔषध फेला पारेको प्रहरीले जनाएको छ ।
प्रहरीले यस सम्बन्धि आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया