नगद रकम सहित जुवातास खेल्ने पक्राउ


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । काठमाडौं महानगरपालिका(२८ पुतलीसडकस्थित बलराम नेपालीको घरमा जुवातास खेलिरहेका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पुतलीसडक बस्ने ६८ बर्षीय दिवाकर पाण्डे लगायत ७ जनालाई नगद ३० हजार २ सय ३५ रुपैयाँ र १२ बुक तास सहित प्रहरीले पक्राउ गरेको बताएको छ । यस्तै सुनसरीको ईनरुवा नगरपालिका ८ डुम्राहास्थित तारादेवी मेहेताको घरमा जुवातास खेलिरहेका अवस्थामा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जुवातास खेलिरहेको अवस्थामा ३५ बर्षीय बिदुर कटुवाल सहित ४ जनालाई नगद ८४ हजार ४ सय पैसठ्ठी, २ बुक तास, को.१५ प ८०२५ र को.१९ प २२२७ नम्बरको मोटरसाइकल सहित प्रहरीले शनिबार पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State