गोरे’लाई केन्द्रीय कारागार सुन्धाराको गोलघर चलान


Share This


नेपालबहस संवाददाता    69 Views

काठमाडौं । ३८ क्वीन्टल सुन तस्करी र सनम शाक्य हत्याका मुख्य आरोपी चुडामणि उप्रेती ‘गोरे’लाई केन्द्रीय कारागार सुन्धाराको भित्री भागमा रहेको गोलघर चलान गरिएको छ ।

गोलघरलाई कारागारभित्रको पनि कारागार भन्ने गरिन्छ । जुन विशेष सुरक्षा र अन्य कैदीबन्दीको सम्पर्कभन्दा बाहिर हुने गर्छ । यही गोलघरमा रहेको एउटा कोठामा गोरेलाई राखिनेछ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रले थप अनुसन्धानका लागि सोमबार काठमाडौं ल्याइएका गोरेको सुरक्षालाई ध्यानमा राख्दै गोलघर चलान गरिएको स्रोतले जनाएको छ । मोरङ जिल्ला अदालतको आदेशले पूर्पक्षका लागि मोरङ जिल्ला कारागारमा रहेका उनलाई काठमाडौं ल्याइए लगत्तै गोलघर पठाइएको हो । कारागार स्रोतका अनुसार गृहमन्त्रालयको निर्देशनमा उनको सुरक्षाका लागि गोलघर छानिएको हो ।

सोमबार गोरेसहित भुजुङ गुरुङ र डाक्टर डेविट भन्ने छिरिङ वाङगेल घले ९गुरुङ० लाई ल्याइएको छ । तीनै जनालाई अलग–अलग स्थानमा राखिने कारागार स्रोतले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया