पेट्रोलियम बिक्रीवितरण ठप्प : डिपोका प्रमुख सहित तीन जना पक्राउ


Share This

नेपालबहस संवाददाता    

जनकपुर । पेट्रोलियम पदार्थ बिक्री वितरण ठप्प पारेको आरोपमा निगमको महेन्द्रनगर डिपोका प्रमुख सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

निगमको महेन्द्रनगर डिपोका प्रमुख इन्जिनियर मोहन कुमार साह, पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष विष्णुदेव साह र ट्याकर व्यवसायि संघका अध्यक्ष किसुनदेव साहलाई पक्राउ गरिएको छ ।

बजारमा कृत्रिमा पेट्रोलियम अभाव सृजना गर्न खोजिएको आरोपमा तीनै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।बजारमा पेट्रोलियम अभाव सृजना गर्ने व्यवसायिमाथि निगरानी बढाइएको र बिक्री बितरण रोकेको खण्डमा पक्राउ गरी कारबाही गरिने प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताए ।

निगमका कर्मचारी, पेट्रोलियम डिलर्स र ट्यांकर व्यवसायीबिच विवादले यहाँ बिक्री वितरण रोकेर बजारमा असहज अवस्था सृजना गरिएको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State