बलात्कार मुद्दामा आश्चर्यजनक फैसला, प्रतिवादीबाटै १० लाख क्षतिपूर्ति


Share This


नेपालबहस संवाददाता    80 Views

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कारको एक मुद्दामा प्रचलित नजीर र कानुनी मान्यता उल्लंघन हुने गरी आरोपितलाई सफाई दिएको छ ।

फैसलामा उल्लेखित चारवटा मुख्य आधार र राय प्रचलित कानुन मान्यता र नजीरविपरीत छन् ।न्यायाधीश तेजनारायण पौडेलको इजलासले पनौती घर भई काठमाडौं बसोबास गर्ने केदारप्रसाद कोइरालालाई बलात्कारकोआरोपबाट सफाई दिएको हो।

कोइरालामाथि उनकै घरमा काम गर्ने एक किशोरीको बलात्कार गरेको आरोप थियो। अदालतले निर्दोष ठहर गरेका कोइरालाबाट पीडितलाई १० लाख क्षतिपूर्ति भराउने फैसला समेत गरेको छ।

बलात्कारको घटना भएको मितिपछिको अवधि र पीडितले बोकेको गर्भको आकार नमिलेको भन्दै जिल्ला अदालतले कसुर स्थापित नहुने फैसला गरेको हो।

त्यतिमात्रै होइन, किशोरीको उमेर खुल्ने आधिकारिक कागजातको साटो चिकित्सकले अनुमान गरेर किटिदिएको उमेरलाई नै जिल्ला अदालतले आधिकारिक मानी फैसला गरेको छ।

साथै प्रहरीबाट समेत डीएनएपरीक्षणका क्रममा संकलित नमुनाको संरक्षण नभई त्यसबाट पहिचान नभएको भन्दै प्रतिवादीलाई आधार पुग्ने राय व्यक्त भएको देखिन्छ।

तपाईको प्रतिक्रिया