सहायक वन अधिकृत ३ लाख घुससहित पक्राउ


Share This

नेपालबहस संवाददाता    

बुटवल । कपिलवस्तुको चन्द्रोटास्थित सेक्टर वन कार्यालयका सहायक वन अधिकृत ३ लाख घुस रकमसहित पक्राउ परेका छन् ।

सेवाग्राहीबाट घुस मागिरहेको भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहायक वन अधिकृत ब्रह्मदेव महतोलाई ३ लाख घुस रकमसहित पक्राउ गरेको हो ।

सेवाग्राहीबाट घुस लिएर घर पुगेका महतोलाई कपिलवस्तुको शिवराज नगरपालिका–५ स्थित घरबाटै पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State