सटर फोडी चोरी गर्ने पक्राउ


Share This


नेपालबहस संवाददाता    85 Views

काठमाडौं । गएराति चाशहिल स्थित चुच्चेपाटीको भाटभटेनीमा गोल्छा अर्गनाईजेशनबाट Him  Electronics, Samsung mobile को Showroom को पसलमा चोरी गर्ने पक्राउ परेका छन् ।

रातीको समयमा सटर फोडी बिभिन्न मोडलका मोवाईल ८३ थान र नगद अठाईस लाख अठार हजार नौ सय बिस  रुपैया बराबर चोरी गरी लाने कार्यमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका ३६ बर्षका जितेन्द्र रौनियार र ३३ बर्ष जयराम श्रेष्ठलाई थप कार्बाहीको लागि महानगरीय प्रहरी परिसर बृत्त गौशालामा पठाईएको छ ।

पक्राउ अभियुक्त रौनियार पर्सा विरगंज ७ घर भइ हाल भारत मितहारी,रक्सौल बजार बस्दै आएका थिए भने श्रेष्ठ रामेछाप खाँडादेबि घर भइ हाल टोखा ५ बसुन्धरामा बस्दै आएका थिए ।

तपाईको प्रतिक्रिया